×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

‘धितोपत्र बोर्डभित्रैबाट इन्साइडर ट्रेडिङ ! कर्मचारीका आफन्तले दिउँसै फालेका थिए ती ५१ मध्ये अधिकांस कम्पनीको सेयर…’

SAGARMATHA CEMENTS

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बजारमा हुने भित्री कारोबारबारे छानविन गरेर सजाय दिने अधिकार राख्ने धितोपत्र बोर्ड आफैं खुलेआम भित्री कारोबारमा लागेको खुलासा भएको छ । सोमबार नै तयार विज्ञप्ति लुकाएर, मंगलबारको बजार सक्किएपछी चलखेल भएका कम्पनीको आशय देखाएर जोखिमपूर्ण कम्पनी भन्दै बोर्डको विज्ञप्ति आउनु र दिउँसो नै बोर्डका कर्मचारीका आफन्तले ती ५१ कम्पनीका प्राय: सेयर बेच्नुले पनि बोर्डभित्रको बदमासीलाई पुष्टी गरेको विश्लेषण गरिएको छ ।
धितोपत्र बोर्डकै विश्वस्त स्रोतले दिएको जानकारी अनुसार बोर्डले जोखिमपूर्ण भनेर सार्वजनिक गरेको सेयरको विवरण सोमबार बेलुकी नै धेरैको हातमा पुगिसकेको थियो । र सोहि अनुसार बोर्डका कर्मचारीका आफन्त, र तिनका साथीभाईले मंगलबार दिउँसो नै यी कम्पनीहरु फालिसकेका थिए । बजारमा विशेषगरी फाइनान्स सेक्टरमा किन एकाएक प्यानिक सेल आयो भन्ने जिज्ञासा धेरैलाई थियो । अन्तत: निरन्तर बढिरहेको बजार यहि कारण थोरै करेक्सनसमेत भयो । यसको भित्री कारण भने धितोपत्र बोर्डबाट विज्ञप्तिको सूचना चुहिएको स्रोतको दाबी छ ।
‘छानविन गर्ने हो भने अध्यक्षज्युका आफन्त, अन्य कर्मचारीका आफन्तले ती कम्पनीका सेयर बेचेको देखिन्छ । सबैभन्दा बढी ती सेयरहरु ब्रोकर नम्बर ५८ बाट बेचिएको छ ।’ स्रोतले भन्यो, ‘भन्न त नमिल्ने हो तर मैले पनि यहि सूचना पाएर थोरै सेयर फालेकै हो । तर यो सरासर अपराध हो । जो अगुवा उही बाटो के जातिजस्तो भयो यो ।’
यता बोर्डका प्रवक्ता निरज गिरीले भने आफुलाई यसबारे थाहा नभएको जिकिर गरेका छन् । ‘बोर्डका कर्मचारीकै साथीभाईले सेयर बेचे भन्ने विषयमा त मलाई केहि थाहा भएन ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal