×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

सेबोनले ५१ कम्पनीलाई जोखिमपूर्ण भनेपछि नेप्सेको गम्भीर आपत्ति, – भन्यो ‘नियामकलाई त्यो अधिकार छैन’

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले चलखेल गरेर मूल्य बढाईएका ५१ कम्पनीहरुको नाम सार्वजनिक गरेसंगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आपत्ति जनाएको छ । लगानीकर्ताको लगानीमाथि असर पुग्ने गरि बोर्डले धावा बोल्न काम गरेको भन्दै नेप्सेले आपत्ति जनाएको हो । 
नाम नै किटान गरि सार्वजनिक गर्नु बोर्डको सरासर गल्ती रहेको नेप्सेका एक उच्च अधिकारीले बताएका छन् । उनी भन्छन् ‘नियामक भैसकेपछि लगानीकर्तालाई सचेत भएर लगानी गर्नू र जोखिमबाट बच्न आग्रह गर्नू त ठिकै तर नाम नै किटान गरि सार्वजनिक गर्नू बोर्ड आफैं इन्साइडर टेडिंगमा लागेको जस्तो देखियो ।’ 
नेप्सेले सुनियोजित ढंगले बोर्डले उक्त विज्ञप्ति सार्वजनिक गरेकोसमेत शंका गरेको छ । नाम नै सार्वजनिक गरी बढी चलखेल भएको भन्दै कम्पनीहरु जोखिमपूर्ण भन्ने अधिकार बोर्डलाई नभएको पनि नेप्से स्रोत बताउँछ । बोर्डले यसो गर्दा लगानीकर्ताको लगानी जोखिममा परेमा त्यसको जिम्मेवारी कसले लिने भन्दै बोर्डमाथि प्रश्नसमेत नेप्सेले गरेको छ ।
यता आज मंगलबार बोर्डले सेयर मूल्यमा चलखेल गरिएको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको थियो । यस्तो छ बोर्डले आज सार्वजनिक गरेको विज्ञप्ति :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal