×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

Breaking : धितोपत्र बोर्डको विज्ञप्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिट परेको छ । अधिवक्ता रविन बोहजुले बोर्डको विज्ञप्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका हुन् । नेपालको संविधानको धारा ४६, १३३ (२) र (३) बमोजिम उत्प्रेषण, परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी अधिवक्ता बोहजुले शुक्रबार विहान सर्वोच्चमा रिट दायर गरेका हुन् । सो रिटमा नेपाल धितोपत्र बोर्ड, नेप्से, अर्थ मन्त्रालय र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई समेत विपक्षी बनाइएको छ ।
नियामक निकाय आफैंले कम्पनीहरुलाई कमजोर भनी विज्ञप्ति निकाल्दा लगानीकर्ताहरुले घाटा व्यहोर्नुपरेको विवरण उल्लेख गर्दै विपक्षी धितोपत्र बोर्डले जारी गरेको विज्ञप्ति खारेजीको मागसमेत उक्त रिटमा गरिएको छ ।
गत मंगलबार धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भनेर विज्ञप्ति प्रकाशन गरेको थियो । त्यसको चौतर्फी रुपमा विरोध भइरहेको छ । सेयर बजार लगानीकर्ता संघक विभिन्न संघले पनि बोर्डको विज्ञप्तिप्रति आपत्ति जनाएका थिए । बोर्डको उक्त विज्ञप्तिपछि सेयर बजारमा पनि बुधबार र बिहिबार करेक्सन आएको छ भने कारोबार रकम पनि झन्डै आधाले घटेको छ । रिटको पेशी आइतबारलाई तोकिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal