- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले असार ६ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ७५ करोड रुपैयाँ बराबरको ७ लाख ५० हजार इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँमा १० वर्ष अवधिको सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर “२०८७” नाममा ऋणपत्र जारी गर्न लागेको हो ।
बैंकले ३ लाख इकाईमा सर्वसाधारणका लागि छुट्याएको छ भने बाँकी ४ लाख ५० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ९% ब्याजदर पाइनेछ । ऋणपत्र बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ ।
यस्तै बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् भने बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी डबल बी प्लस’ रेटिङ दिएको छ ।