
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नक्साल काठमाडौंस्थित मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि.बीच सम्झौता भएको छ । बैंक र सिप्रदी ट्रेडिङ्गबीच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का तर्फबाट उक्त कम्पनीका प्रमुख बजार ब्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका हुन् ।
बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौता अनुसार यस बैंकका ग्राहकहरुलेTATA SCV cargo and Pick up vehicleब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लिबाट नयाँ गाडी खरीद गर्न चाहेमा आकर्षक व्याजदरमा सम्पूर्ण गाडीको मूल्यको ७० प्रतिशत सम्म बिना धितो कर्जा सुविधा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुबाट सम्पूर्ण आवश्यक कागजात प्राप्त भएको ३ दिन भित्र उक्त गाडी खरिदका लागि कर्जा प्रदान गरिनेछ । यस सेवा ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ९५ वटै शाखाहरुबाट उपभोग गर्न पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्