×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार !

GLOBAL IME BANK

सेयर बजारमा हालसम्मकै सर्वाधिक कारोबार !

३० जेष्ठ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार  नेप्सेमा कारोबार रकमको नयाँ रेकर्ड कायम भएको छ ।नेप्सेमा १९ अर्ब ५५ करोड १ लाख बराबरको करोबार भएको  हो । यो कारोबार हालसम्मकै उच्च हो ।
यसअघि २०७८ जेठ २३ गते आइतबार नेप्सेमा १७ अर्ब २७ करोड १७ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो । आज नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा कायम भएको छ । आज कारोबार भएका ४५ वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस्तै आज नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: