×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ठुला खेलाडीहरुको योजना-‘आज प्यानिक सेल आयो भने ५१ मध्येका राम्रा सेयर झ्याम-झ्याम उठाउने हो…’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ असार २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

ठुला खेलाडीहरुको योजना-‘आज प्यानिक सेल आयो भने ५१ मध्येका राम्रा सेयर झ्याम-झ्याम उठाउने हो…’

  • अर्थ सरोकार सम्बददाता
काठमाडौँ । धितोपत्र बोर्डले ५१ कम्पनीलाई जोखिमपूर्ण भनेर विज्ञप्ति प्रकाशन गरेपछि बुधबारको बजार कस्तो होला भन्ने धेरैलाई कौतुहलता छ । कतिपयले धितोपत्र बोर्डको विज्ञप्तिले बजारमा खासै केहि फरक नपर्ने बताईरहेका छन् भने केहिले ती कम्पनीको सेयरमा प्यानिक सेल आउन सक्ने अड्कल काटेका छन् । अझ कतिपयले त धितोपत्र बोर्ड स्वयमले सर्किट लाग्ने कम्पनीहरुको लिष्ट सार्वजनिक गरेकोसमेत भन्न भ्याएका छन् ।
तर आजको बजारमा ठुला खेलाडीहरुको योजना भने प्यानिक सेल आएको खण्डमा सस्तो मूल्यमा सेयर उठाउने रहेको छ । ठुला खेलाडीका अधिकांस भाइबर र ह्वाट्स एप ग्रुपमा यस्तो योजना बनेको छ । कतिपयले त आजको लगानी तीनै ५१ कम्पनीमा केन्द्रित गरेका छन् । विशेषगरी ५१ कम्पनीभित्र रहेका केहि राम्रा कम्पनीहरु झ्याम-झ्याम उठाउने र त्यसलाई होल्ड गर्ने रणनीति ठुला खेलाडीहरुको छ ।
धितोपत्र बोर्डको विज्ञप्तिपछी साना लगानीकर्ता भने आत्तिएका छन् । अझ केहि दिनयता ती ५१ मध्येका सेयर किनेकाहरु झन् बढी आत्तिएका छन् । तर बोर्डका प्रवक्ता निरज गिरीले भाषा लेख्न नजान्दा सबैलाई भ्रम परेको र सार्वजनिक गरिएका कम्पनीहरुमा चलखेल भएको भन्ने आशय आफ्नो नरहेको तथ्य सार्वजनिक गरिदिएपछी लगानीकर्ताहरुलाई केहि राहत भने पक्कै भएको छ ।
बोर्डको बिज्ञप्ति नेप्सेले समेत गलत भनेको छ । नेप्सेका सीइओले विभिन्न संचारमाध्यममार्फत धितोपत्र बोर्डले गरेको काम गलत भएको बताएका छन् । यता विभिन्न लगानीकर्ता संगठनहरुले पनि बिज्ञप्ति नै जारी गरेर सो विज्ञप्तिलाई गलत भनिसकेका छन् भने लगानीकर्ताहरुलाई भयवित नहुन आग्रह गरिसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: