- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । बिहिबारको तुलनामा बजार ५०.१३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१८ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता सेयर खरिद बिक्री हुँदा १७ अर्ब २७ करोडको कारोबार भएको छ । आज नेप्से परिसूचक हाल सम्मकै नयाँ बिन्दुमा पुगेको हो भने बैंकिङ क्षेत्रमा उछाल आएको छ ।
आज पनि सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमाको भएको छ । यस कम्पनीको कुल १ अर्बमाथिको २१ करोडमाथिको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूहबाहेक अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै महिला लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने राधी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।