×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank

स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति कति ? सार्वजनिक गरे सम्पत्ति विवरण

CITY EXPRESS AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको छन् ।  सार्वजनिक पद धारण गरेको व्यक्तिले पदधारण गरेको मितिले ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार उनले मन्त्रालयको वेवसाइटमा आफ्नो र श्रीमती उषाकला राईको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । 
जेठ २१ गते विस्तार गरिएको मन्त्रिमण्डलमा स्वास्थ्यमन्त्रीमा नियुक्त तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार तामाङ दम्पतीको १४ ठाउँमा जग्गा छ । उनका नाममा अंशवापत प्राप्त पैतृक जग्गा तीन र श्रीमती राईका ११ ठाउँमा छ । 
श्रीमती राईका नाममा गोकर्णेश्वर नगरपालिका वडा न० ८ मा तीन आना जग्गामा बनेको अढाइतले घर छ ।  साथै मन्त्री तामाङसँग २२ तोला सुन र पाँच लाखको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सुन पुख्र्यौली र खरीद गरिएको दुवै थरि छ ।
Hamro Parto AD
MEGA BANK AD
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal