×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

असार १६ गतेदेखि ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’को २ करोड इकाई बिक्रीमा आउने, प्रतिइकाई १० रुपैयाँमा भर्न पाइने

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ । क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री गर्ने भएको हो ।  यो खुलामुखी योजनामा लगानीकर्ताले यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँड भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिने जनाएको छ ।
योजनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछन् । जसमा असार २० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ३० गतेसम्म आवेदन खुला रहनेछ । लगानीकर्ताले आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal