
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ क्यापिटलले सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ । क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री गर्ने भएको हो । यो खुलामुखी योजनामा लगानीकर्ताले यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सक्नेछन् ।
कम्पनीले २ करोड इकाई सार्वजनिक रुपमा बिक्री गरी बाँडफाँड भइसकेपछि खुद सम्पति मूल्यका आधारमा तोकिएको प्रतिइकाई मूल्यमा योजना व्यवस्थापक वा योजना व्यवस्थापकले तोकिएको इकाई बिक्रेतामार्फत दैनिक खुद सम्पति मूल्य गणना गरी सो मूल्यलाई इकाई पुनर्खरिद तथा बिक्री मूल्यका रुपमा लिई कारोबार गरिने जनाएको छ ।
योजनाको सुरुको आकारको ५% इकाई योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल र १०% इकाई कोष प्रवद्र्धक सिद्धार्थ बैंकले बिज पूँजीको रुपमा लगानी गर्नेछन् । जसमा असार २० गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा असार ३० गतेसम्म आवेदन खुला रहनेछ । लगानीकर्ताले आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्