×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

अवैध रुपमा २३ किलो सुन ल्याउने दुई जनाविरुद्ध मुद्दा दर्ता, १८ करोड बिगो दाबी माग

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राजस्व छली गर्ने भारतीय नागरिक निवेदिका सिन्हा र निजका बाबु अशोक कुमार सिन्हाविरुद्ध मुद्दा दर्ता भएको छ । राजस्व अनुसन्धान विभागले बुधबार जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जमा झण्डै २३ किलो सुन भन्सारबाट चोरी पैठारी गरी राजस्व छली गर्ने उनिहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । 
रक्सौल पूर्वी चम्पारण भार स्थायी घर भई विगत केही वर्षदेखि वीरगन्जस्थित श्री गणेश अपार्टमेन्ट तेस्रो तल्ला फ्लाट नं. ३०३ खरिद गरी उनीहरु बसोबार गर्दै आएका थिए। विभिन्न सूचनाको आधारमा उनीहरुले २२ किलो ९ सय ५७ ग्राम सुन र १ किलो ७८ ग्राम चाँदी भण्डारण गरेको भेटिएको हो । जुन वस्तु अवैध रुपमा चोरी पौठारी गरी भित्र्याएको विभागले जनाएको छ।
उनीहरुलाई १८ करोड ६५ लाख २ हजार ७ सय ६ रुपैयाँ बिगो दाबी गरी कैद सजायकोसमेत मागसहित विभागले मुद्दा दर्ता गराएको हो।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal