×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त

Artha Sarokar

११ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हाम्रो पात्रोको प्रबन्ध निर्देशकमा सुदिना गौतम नियुक्त भएकी छन् । प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा रहेकी गौतमलाई कम्पनीको प्रबन्ध निर्देशकमा पदोन्नति गरिएको हो । हाम्रो पात्रोका लागि व्यवस्थापक तथा सम्पादक सुदिना गौतम नेपालस्थित एकमात्र आधिकारीक प्रतिनिधि एवम् सम्पर्क व्यक्ति रहेको हाम्रो पात्रोले जनाएको छ ।
‘हाम्रा आधिकारीक सम्पर्क व्यक्तिबाट नै कार्यालयका सम्पूर्ण कामहरु हुने र त्यसैअनुसार सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं,’ हाम्रो पात्रोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीसँग आवद्ध समग्र साझेदार सञ्चार माध्यमहरुलाई हाम्रो पात्रोसँगको सम्झौता पुनः नवीकरणका लागि सम्पर्क गरिदिनुहुन समेत अनुरोध छ ।’
हाम्रो पात्रो एपलाई अझ बढी परिस्कृत, गतिशील र प्रयोगकर्ताका लागि रुचिकर फिचरहरु थप गर्दै लगिने प्रतिवद्धता जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी