
- अर्थ सरोकार सम्बाददाता
गोरखा । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड गोरखाले कोभिड-१९ दोस्रो लहरको रोकथाम गर्न फ्रन्ट लाईनमा खटिने सुरक्षाकर्मीहरुको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ । संस्थाले १० गतृ बिहीबार गोरखा नगरपालिका १३ को ३ स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको हो । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गोरखा र तनहुँको सिमा स्थित हेल्प डेक्समा खटिएका सुरक्षाकर्मीहरु, प्रहरी चौकी मझुवा देउरालीमा कार्यरत प्रहरी र रामशाह टोल विकास संस्था गोनपा १३ का लागि स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै कोभिड महामारीको संकटको बेला रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा रहि कार्य गर्ने हेल्पडेस्क, प्रहरी कार्यालय, जनस्वास्थ्य कार्यालय, सामाजिक संघसंस्था आदिलाई राहत वितरण गर्ने क्रममा सो स्वास्थ्य सामाग्री वितरण गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार संस्थाको सबै शाखा कार्यालयहरुमार्फत पनि विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरणको काम भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्