
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई १० लाख ४३ हजार रुपैयाँ बीमा वापतको मृत्यु बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो । केशमायाको २०७७ पुस २८ गते दुर्घटनाका कारण मृत्यु भएको थियो । दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० तिरेकी केशमायाको हकवालालाई उक्त वापतको रकम हस्तान्तरण गरेको हो ।
ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख करमती पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर, वडा नम्बर ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगाएतको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्