×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणले पनि पाउने

GLOBAL IME BANK

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १ लाख ९० हजार ६५० कित्ता संस्थापक सेयर बिक्री खुला, सर्वसाधारणले पनि पाउने

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहको १ लाख ९० हजार ६५० कित्ता सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य ७५१ रुपैयाँमा आज सोमबारदेखि १ लाख ९० हजार ६५० कित्ता संस्थापक समूहको सेयर बिक्री खुला गरेको हो ।
न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् भने न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले असार २७ गतेभित्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: