- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ७९ दशमलव ४४ अंकले बढेको बजारमा ३३ कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् । जसमा न्याग्दी ग्रुप पावर, हाईड्रोईलेक्ट्रिसिटि इन्भेष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, पञ्चकन्या माई हाईड्रोपावर, जानकी फाईनान्स र बरुण हाईड्रोपावर कम्पनी रहेका छन् ।
यी कम्पनीहरुको १० प्रतिशत भन्दा बढीले सेयर मूल्य बढेको हो । यस्तै राधी जलविद्युत कम्पनी, जोशी हाईड्रोपावर कम्पनी, कालिका पावर कम्पनी, यूनियन हाईड्रोपावर कम्पनी र खानीखोला हाईड्रोपावर कम्पनी आदिको ९ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार आज कुल १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।