- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बुधबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको ३७ करोड ७६ लाख २२ हजार ४ सय ७० रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनी, अपर तामाकोशी हाईड्रोपावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, राधी जलविद्युत कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, एनआईसी एशिया बैंक, निफ्रा र मञ्जुश्री फाईनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भएको हो ।
नेप्सेका अनुसार आज कुल १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।