×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी हुन् मंगलबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनीहरु

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको १ अर्ब ४९ करोड २४ लाख ३५ हजार ५ सय ६९ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, निफ्रा, लुम्बिनी विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, ज्योती विकास बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एशिया बैंक र मेगा बैंकको सर्वाधिक सेयर कारोबार भएको हो ।
आज सेयर बजार ७८ दशमलव ७० अंकले बढेर २९ सय १३ दशमलव १० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कुल १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९ सय ५७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी