
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ८९ लाख १९ हजार ४ सय २६ रुपैयाँको सेयर कारोबार भएको हो । आज बुधबार नेप्से परिसूचक ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ६९ विन्दुमा पुगेको छ । यस अवधीमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल पुनर्बिमापछि हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख ५३ हजार ६ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी नेशनल हाईड्रपावर कम्पनीको ४६ करोड ७५ लाख ९ हजार ७ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाईड्रपावर कम्पनीको ३४ करोड १२ लाख २८ हजार १ सय ९१ रुपैयाँको सेयर कारोबार भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्