
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार दश कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । सबैभन्दा धरै नेपाल पुनर्बिमा कम्पनीको सेयर कारोबार भएको हो । यस कम्पनीको १ अर्ब ३० करोड ६१ लाख १५ हजार ६ सय १४ रुपैयाँको सेयर कारोबार भएको हो ।
त्यसैगरी हाईड्रोइलेक्ट्रिसिटि इन्भष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नागरिक लगानी कोष, नेशनल हाइड्रोपावर कम्पनी, हिमालयन डिस्टिलरी, निफ्रा, अपी पावर कम्पनी, लुम्बिनी विकास बैंक, नेपाल इन्स्योरेन्स कम्पनी र अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको हो ।
आज सेयर बजार ७१ दशमलव ०६ अंकले घटेर २८ सय ३४ दशमलव ४० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज कुल २ करोड २५ लाख २२ हजार ४ सय ९१ कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६ सय ७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्