×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

त्रिविमा अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात, प्रविधिमा आधारित शिक्षा तथा रोजगारलाई रूपान्तरण गर्ने

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात भएको छ । अमेजन एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालय जेठ १८ गते मंगलबार भएको हो । यसको सुरुवात यूकेएडको रोजगारीका लागि सीप कार्यक्रम (सीप) र जीनीस सोलुसनले गरेका हुन् । नेपालमा पहिलोपटक सुरुवात भएको AWS एकेडेमीले हजारौँ विद्यार्थीहरुलाई क्लाउड कम्प्युटिङका विधाहरूका उदीयमान र तीव्र गतिले वृद्धि भइरहेका रोजगारीका पदहरूमा सीप विकास तथा प्रमाणीकरणको अवसर प्रदान गर्नेछन् । सन् २०१९ देखि बजारमा आधारित तरिकाहरूको उपयोग गरी यूकेएडले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ । यसले प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जीनीस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको छ ।
यस एकेडेमीको सुरुवात भर्चुअल माध्यमबाट गरिएको थियो । जसमा इन्जिनियरिङ प्रतिष्ठान, यूकेएड सीप तथा जीनीस सोलुसनका उच्च अधिकारीहरू सहभागी थिए । कार्यक्रममा देशमा हाल भैरहेका सीप विकास तथा रोजगारी सिर्जनालाई विस्तार गर्ने, द्रूत गतिमा बढाउने बारेमा भएको भविष्यमुखी छलफलमा विभिन्न शैक्षिक संस्था, उद्योग, दातृ निकाय, सञ्चार माध्यमका विविध नेतृत्व तथा पेशाकर्मीहरू र रोजगार अपेक्षीहरूको सहभागिता थियो । यूके एडका टिम लिडर बलजित भोरा ले भन्नुभयो, ‘यूकेएड सीपको जीनीस जस्ता संस्थाहरूसँगको साझेदारीले आर्टिफीसीयल इन्टेलिजेन्स्, क्लाउड कम्प्युटिङ, ई-मोबिलिटी सोलुसनलाई एकीकृत गर्ने स्थानीय क्षमता अभिवृद्धि गरी विभिन्न उद्योगहरूमा उत्पादकत्व वृद्धि गर्ने तथा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ ।’
यूकेएड सीपको सहयोगमा जीनीस सोलुसनले सीप विकासको पहलको नेतृत्व गर्दै आएको छ जसलाई शिक्षकहरूको थप क्षमता विस्तार गर्न तथा विद्यार्थीहरूको रोजगारी पाउने योग्यतालाई वृद्धि गरिएको छ । यस पहल अनुसार एडब्लूएस तथा क्लाउडमा आधारित अन्य समाधानहरूको प्रयोग, नेपाली उद्योगहरूले गरेका छन् । जीनीस सोलुसनका प्रमुख विश्व प्रविधि अधिकृत अन्जनी फुँयालले भन्नुभयो, ‘जीनीसको सहयोगले सस्तोडिल, सानिमा बैंक, सिटिजन बैंक, एपीसीए नेपाल, लिपफ्रग तथा बुद्ध एयर जस्ता नेपालका नेतृत्वदायी संस्थाहरूले क्लाउडमा आफ्ना व्यवसायका तथ्याङ्क तथा जानकारीहरू सारेका छन् ।’ यूकेएड सीप र जीनीसको साझेदारीले नेपालभरका ५० साझेदार कलेजहरूको क्षमतामा सुदृढीकरण भएको छ र २,१०० भन्दा बढी विद्यार्थीहरूलाई भविष्यमा पनि रोजगारी पाइराखिने सीपको विकास गराएको छ ।
आफ्ना तथ्याङ्क तथा जानकारीहरूलाई क्लाउडमा उपलब्ध समाधानहरूमा सार्ने नेपाली तथा विश्वभरका उद्योगहरूको गतिलाई कोभिड-१९ को महामारीले तीव्र बनाएको छ । त्यो भनेको क्लाउड कम्प्युटिङको विज्ञता माग गर्ने बदलिँदो रोजगारी बजारमा उपलब्ध अवसरहरूलाई ग्रहण गर्न तथा प्रतिक्रिया जनाउन सक्ने मानव संसाधनको बढ्दो आवश्कयता भएको अमेजन वेब सर्भिस एकेडेमीका दक्षिण एसियाका नेतृत्व लोकेश मेहराले बताएका छन्  ।
यूकेएड सीपको बारेमा
यूकेएड सीपले निजी तथा सार्वजनिक क्षेत्रहरूसँग रूपान्तरणकारी साझेदारीहरू स्थापित गराउन सहजीकरण गरिरहेको छ । यसले विशेष गरी प्रदेश नं २ र लुम्बिनी प्रदेशमा व्यवसायिक कृषि, हलुका उत्पादन, पर्यटन, सूचना, सञ्चार तथा प्रविधि र निर्माण जस्ता प्राथमिकता तोकिएका क्षेत्रहरूमा रोजगारी तथा उद्यमशील अवसरहरूको वृद्धि हासिल गर्नको लागि जीनीस सोलुसन लगायतकाहरूसँग काम गरिरहेको छ । सीपले च्यालेन्ज फन्ड तथा प्राविधिक सहयोग जस्ता नवीन तरिकाको प्रयोग गरी बढी उत्पादकत्व तथा समानता भएको बजारमा आधारित सीप विकास, वित्तमा पहुँच, नैतिकवान् आप्रवासन सेवा तथा प्रणाली विकास गर्न मद्दत गर्छ जुन नेपाली युवाहरूको जीविकोपार्जनसँग जोडिएको हुन्छ । सहकार्यात्मक प्रभाव तथा निजी क्षेत्रको वित्तलाई परिचालन गर्नको लागि अनुदानको रकम प्रयोग गर्ने विधि मार्फत सीपले निजी तथा सार्वजनिक पुँजीलाई लगानी गराउँछ । साथै यसले प्रणालीभरिको सहकार्यहरूलाई सहजीकरण गर्छ जसको उद्देश्य प्रणालीगत रूपमा रहेका रोजगार तथा रोजगारीका बजारमा रहेका अवरोधहरूलाई हटाएर नेपालको विकासको लागि आप्रवासनको उपयोग गर्नु हो ।
जीनीस सोलुसनको बारेमा
जीनीस सोलुसनले क्लाउड कम्प्युटिङको समग्र प्रणालीमा प्रविधि तथा गैर प्रविधि कम्पनीहरुको लागि तथा वेबरसफ्टवेयरको विकासमा विशिष्टीकृत सेवा प्रदान गर्दछ । जिनेसीले विशेष गरी एसिया तथा युरोपमा र नेपालमा समेत गरी ९० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरेको छ । जिनेसी अमेजन परामर्श साझेदारको नेपालमा एकमात्रै तथा पहिलो कम्पनी हो जसले एडब्लूएसको आधिकारिक सहयोग तथा सेवाहरू प्रदान गर्दछ । सन् २०१८ मा यसले जिनेसी क्लाउड एकेडेमीको सुरुवात गर्यो जसले शैक्षिक रूपमा दीक्षित हुन लागेका विद्यार्थीहरूलाई विश्वभर मान्यता पाएको अनलाइन तालिम तथा प्रमाणीकरणले युक्त बनाउन लागेको छ । त्यसको अलावा व्यक्तिगत रूपमा सल्लाह सुझाव प्रदान गर्ने, उनीहरूलाई पेशागत कामको लागि तयार पार्ने, नेपालमा रहेका कम्पनीहरूलाई क्लाउडमा सार्न तथा त्यसको प्रयोग गर्न सीपयुक्त जनशक्तिमा पहुँच रहेको सुनिश्चित गर्ने आदि काम गर्दछ ।’
यूकेएड सीप तथा जिनेसीको साझेदारीको बारेमा थप जान्नको लागि- http://seepnepal.com/Partnerships.html
सञ्चार माध्यमले थप जानकारी लिन जीनीस सोलुसनका कार्यक्रम व्यवस्थापक निलमणि न्यौपानेलाई सम्पर्क गर्न सक्नेछन् इमेल : [email protected] | फोन: 9801910996
सञ्चार माध्यमले यूके एडको बारेमा थप जानकारी लिनको लागि यसकी रणनीतिक सञ्चार निर्देशक अर्चना गुरुङलाई सम्पर्क गर्न सक्नेछन् । इमेल : [email protected]
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: