×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

विस्तारै आन्तरिक उडान खोल्ने निर्णय ! (भिडियो रिपोर्ट)

BIZBAZAR
  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ  ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरुलाई सुधार्दै जाने बताउनुभएको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमि कमजोरीहरुलाई सुधार्दै अगाडी बढ्ने बताउनुभएको हो । 
उहाँले भन्नुभयो –‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेशनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’ उहाँले विश्व स्वास्थ्य संगठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने बताउनुभयो । विमानस्थलको सरफाइका लागि गाइडलाइन बनाएको भन्दै उहाँले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताउनुभयो । लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले बताउनुभयो । हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा artha[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal