×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५ लाख १८ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
तनहुँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । एक कार्यक्रमकाबीच कम्पनीले मृतकको परिवारलाइ ५ लाख १८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, शुक्लागण्डकी न. पा वडा नं ८ का वडा सदस्य रोम बहादुर सिहं वडा सचिव शेषमणी त्रिपाठी, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित लेख बहादुर मल्लका हकवाला शुक्लागण्डकी ८ तनहुँ निवासी निजको श्रीमती शुमित्रा मल्ल लाई लाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् । 
२०७६ साल मंसिरमा निज लेख बहादुर मल्लले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बिमा गर्दा प्रथम बीमा शुल्क बापत मात्र ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए । ५ लाखको बीमा गरेका निज मल्लको गत चैत्र महिनामा निजको असमाहिक निधन भएको थियो । चेक हस्तान्तरण कार्यक्रममा कार्यक्रमका बक्ताहरुले आजको दिनमा जीवन बीमा अनिवार्य रहेकोले सबै जनाले आफ्नो आर्थिकस्थित अनुसार केही रकम बीमाको लागि छुट्टाउनुपर्नेमा जोड दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasa[email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal