×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने, अनुमति माग्दै पुगे धितोपत्र बोर्ड

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले (आईपीओ) निष्काशन गर्ने भएका छन् ।  दुवै कम्पनी अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड पुगेका छन् । दुवै कम्पनीले आईपीओ निष्काशनको अनुमाति माग्दै जेठ ९ गते बोर्डमा आवेदन दिएका हुन् । 
युनियनले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति माग गरेको छ । आईपीओ निष्काशनपछि यस कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनी आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाल ‘इक्राएनपि आइआर ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको प्राथमिक शेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको र समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने रहेको जनाउँछ । 
यता सानिमाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर निष्काशन गर्ने बोर्डमा आवेदन दिएको हो । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति माग गरेको हो । त्यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ । 
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ । दुबै कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।  
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal