×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

आनन्द फाउण्डेशद्धारा वालिङ नगरपालिकालाई १० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

BIZBAZAR
वालिङ । कोभिड-१९को सङ्क्रमणदर उच्च भएका बेला रोकथाम तथा नियन्त्रणका लागि वालिङ नगरपालिकालाई मङ्गलबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । आनन्द फाउण्डेशन नेपालको संयोजन र ताइवान एलजेएम बुद्धिष्ट सोसाइटीको सहयोगमा नगरपालिकालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ्य सामग्री गरी १० लाखभन्दा बढीको सहयोग प्राप्त भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो । कन्सन्ट्रेटर, पिपिइ सेट, एन्टिजेन किट, फेसशिल्ड, अक्सिजन सेट, सर्जिकल मास्क, पञ्जासँगै समाजसेवी डा पवमान सुवेदीको व्यक्तिगत योगदानसहित १० लाख बराबरको स्वास्थ्य सामग्री नगरपालिकालाई मंगलबार हस्तान्तरण गरेको हो ।
‘महामारीका रूपमा फैलिएको कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकासँगै विभिन्न सङ्घसंस्था तथा व्यक्तिले आफूखुशी सहयोग जुटाउनुभएको छ’, नगरप्रमुख खाँणले भन्नुभयो, ‘महामारी नियन्त्रण तथा रोकथामका लागि अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराइदिएर यहाँका नागरिकलाई उपचारमा सहजता भएको छ ।’ विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र नगद सहयोग गरिरहनुभएको नगरप्रमुख खाँणले बताउनुभयो ।
दाताहरुले सहयोग गरेको प्रयोजनका आधारमा रकम खर्च गर्दै आएको बताउँदै नगरप्रमुख खाँणले भन्नुभयो, ‘यो महामारीका समयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिगतरूपमा स्वास्थ्य सामग्री उपलब्ध गराउने, नगद सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गर्दछौँ ।’ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेशन सेन्टरमा बिरामीलाई निःशुल्क उपचार, खाना तथा खाजाको व्यवस्थासमेत मिलाएको छ । त्यस्तै नपाले दुई स्वास्थ्यकर्मीको टोलीलाई औषधिसहित परीक्षणका लागि गाउँगाउँमा खटाएको छ । आवश्यकता हेरी गाउँमै पुगेर पनि एन्टिजेन परीक्षण गर्ने गरेको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताउनुभयो । -रासस
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal