- अर्थसरोकार संम्बाददाता
काठमाडौं । नेपाल बैंकले मेलम्ची तथा चामे मनाङ्गबासीलाई कूल साढे ८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले मेलम्चीका बाँढी पीडितलाई साढे ४ लाख र चामे मनाङ्गबासी ४ लाख रुपैयाँ नगद सहयोग गर्ने निर्णय गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप मेलम्ची नगरपालिकालाई उक्त रकम दिने निर्णय गरेको हो । गत असार १ गते परेको अबिरल बर्षा तथा मेलम्ची तथा ईन्द्रावती नदीमा आएको बिनाशकारी बाढीले उक्त जिल्लाको मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धनजनको क्षति भएको र, मेलम्ची बजार तथा सो आसपासका विभिन्न भौतिक संरचनाहरु पूर्ण तथा आंशिक क्षति भएको अवस्थामा पीडित जनतालाई सहयोग गर्न लागेको हो ।
त्यस्तै हिमाल पारीको दुर्गम जिल्ला मनाङ्गमा मिति २०७८ जेठ १४, ३१ र आषाढ १ गते आएको अबिरल बर्षा तथा मस्र्याङ्गदी नदी र अन्य सहायक खोलाहरुमा भिषण बाढी आएको थियो । जसका कारणले उक्त जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिका स्थित चामे बजार क्षेत्र तथा आसपासका बिभिन्न क्षेत्रका भौतिक संरचनाहरु तथा ब्यक्तिगत सम्पत्तिहरुको क्षति भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्