×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सानिमा बैंकका ग्राहकलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट

Artha Sarokar

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार संम्वाददाता

सानिमा बैंकले अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ ।

दराजको महाबचत बजार योजना अन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ % वा अधिकतम् रु १५ सयसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस्तै, क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २०% वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट प्राप्त दिइएको जनाइएको छ । यो योजना साउन ३ गतेदेखि ७ गतेसम्म लागू हुने जनाइएको छ ।

उक्त समझदारीपत्रमा सानिमा बैंक लि.को तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख विक्रम श्रेष्ठ र दराज केयमु प्रा. लि. को तर्फबाट डिजिटल पेमेन्ट पाटनरसिप म्यानेजर अरुण फुँयालले हस्ताक्षर गरेका थिए ।

सानिमा बैंकको देशभर ८६ शाखा कार्यालय, १७ विस्तारित काउन्टर र ९५ एटिएम संचालनमा रहेका छन् । सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था समेत रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी