
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा ५ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार बेलुका ५ः२० बजेसम्ममा १८ लाख ३५ हजार ६ सय ५६ जना आवेदकबाट २ करोड ९४ लाख ६३ हजार ४९० कित्ताको लागि आवेदन परेको हो । जुन माग गरिएको भन्दा ५.०७ गुणा बढीको आवेदन परेको हो ।
यूनियनले २४ गतेबाट एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले भोलि २८ गतेसम्म न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्