×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजोड इन्स्योरेन्सले रक्तदान कार्यक्रमको आयोजना गरी मनायो तेस्रो वार्षिकोत्सव

  • अर्थ सरोकार सम्बाददता 
काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै सन्दर्भमा कम्पनीले प्रधान कार्यालय सि.टि.सि. मल सुन्धारामा रक्तदान कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत कम्पनीको कर्मचारी र आगन्तुकसमेत गरी ३५ जनाले रक्तदान गरेका छन् ।
कम्पनीले प्रधान कार्यालयसहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।
कम्पनीले प्रदान गर्ने बीमा सेवालाइ छिटो छरितो भरपर्दो र स्तरीय बनाउदै लैजानका लागि Web base System / Computer Billing को व्यवस्था गर्नुका साथै दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त एवं पारदर्शी बनाउने उदेश्यले Fast Track दावी भुक्तानी नीति अवलम्वन गरि रु.२ (दुई) लाखसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ । कम्पनीले Integrated MIS System, Investment Software, Group SMS System, AJOD Chat board को शुरुवात गरि सकेको छ । त्यसैगरी Digital Payment Gateway का लागि कम्पनीले IME Pay, Prabhu Pay, NICASIA Phone Pay, Cell Pay, Khalti, e-Sewa , Pay well, Connect IPS आदि सेवाहरु समेतको शुरुवात गरिसकेको छ ।
आजसम्म कम्पनीको चुक्ता पूँजी १ (एक) अर्व, लगानी रु.१४७.३१ करोड र कुल दाबी भुक्तानी रु.५८.९७ करोड ( कोरोना बीमा दाबी भुक्तानी रु.१२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी रु.४६ करोड ) रहेको छ । कम्पनीले प्रविधिमा आधारित बीमा सेवा प्रदान गर्ने लक्ष्य अनुरुप आगामी दिनमा Digital Insurance Policy जारी गर्ने प्रकृयामा रहेको छ । 
साथै आगामी दिनमा कम्पनीले बीमा सेवाको पहुँच बढाउनको लागि देशका सुगमदेखी दुर्गम क्षेत्रमासमेत आफनो बीमा सेवा बिस्तार गर्दै लैजाने लक्ष्य लिएको छ । त्यसैगरी ग्राहकहरुको आवश्यकताका आधारमा केही नयाँ बीमालेखहरु पनि प्रचलनमा ल्याउने तयारी गरेको छ । कम्पनीले कोरना भाइरस (कोभिड–१९) दोस्रो लहरको माहामारीको विषम परिस्थितिकाबीच हालसम्म १२०७०६ बीमालेख जारी गरी रु. १२०.८३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: