×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अजोड इन्स्योरेन्स कम्पनीद्धारा १ लाख २० हजार ७०६ बीमालेखबाट १ अर्ब २० करोड ८३ लाख बीमा शुल्क आर्जन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीले हालसम्म १ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कोभिड–१९ दोस्रो लहरको माहामारीको विषम परिस्थितिका वावजुत पनि हालसम्म १ अर्ब २० करोड बीमा शुल्क आर्जन गरेको हो । 
कम्पनीले असार २१ गतेसम्म १ लाख २० हजार ७०६ बीमालेख जारी गरी १ अर्ब २० करोड ८३ लाख बीमा शुल्क आर्जन गरेको हो । चालु आ.ब.को असार २१ गतेसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब, लगानी १ अर्ब ४७ करोड ३१ लाख र कुल दाबी भुक्तानी ५८ करोड ९७ लाख (कोरोना बीमा दाबी भुक्तानी १२.९७ करोड र अन्य बीमा दाबी भुक्तानी ४६ करोड) रहेको छ ।
कम्पनीले प्रधान कार्यालयसहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टरमार्फत् सेवा दिइरहेको छ । कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: