1. असल बर्गमा बर्गिकरण रहेका कर्जाहरुमा हाल 1% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने मा अब 1.30% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने।
असर:यसले गर्दा हाल कायम रु. 41.5 खरब मध्य खराब कर्जा, watchlist को कर्जा र पुनरतालीकिकरण गरिएका कर्जा घटाउदा रु. 39 खरब मा थप 0.30% नोक्सानी ब्यबस्था गर्दा रु 11.7 अरब थप कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने देखिन्छ। यसले बैकिङको खुद मुनाफा रु 7.4 अरब ले घट्ने देखिन्छ। बढि कर्जा रकम रहेका बैकहरुको मुनाफामा आ.ब. 2077-78 मा बढि असर पर्ने देखिन्छ।
2. कोरोना प्रभावित व्यवसायलाई नेपाल राष्ट्र बैंकको निर्दैशन अनुरूप नै थप गरिएको चालुपुँजीको 20% र आवधिक कर्जाको 10% को हकमा निर्धारित समयमा भुक्तानी हुन नसकेमा 5% कर्जा नोक्सानी ब्यबस्था कायम गर्नुपर्ने। भुक्तानी अबधि 1 बर्ष सम्म थप गर्न सक्ने।
असर: यसले गर्दा 25% वा सो भन्दा बढि कर्जा नोक्सानी व्यबस्था गर्नुपर्ने भएका कर्जाहरु पनी 5% कर्जा नोक्सानी ब्यबस्था गर्नुपर्ने हुदा मुनाफामा सकारात्मक असर नै पर्ने देखिन्छ। भुक्तानी नियमित भएका कर्जाहरुमा असल कर्जा जस्तै 1.30% गरे पुग्ने देखिन्छ।
3. आ.ब. 2077-78 को अन्तरिम वित्तीय प्रतिवेदन प्रकाशत गर्न साउन मसान्तसम्म सम्म समय थप।
असर: बैकिङ ले वित्तीय बितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुंदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने, असुलीमा समायाबधि थप प्राप्त हुने।
4. 2078 असार मसान्त भित्रमा असुल हुनुपर्ने ब्याज रकमलाई असुल गर्ने समयाबधि भदौ 15 गते सम्म दिने।
असर: बैकिङ ले वित्तीय बितरण प्रकाशित गर्न थप समयाबधी पाउने हुंदा खराब कर्जा ब्यबस्थापनमा सहजता हुने र बैकिङको बितरणयोग्य मुनाफामा बृद्दि हुने।
5.कर्मचारीको दक्षता अभिवृद्धिको लागी गर्नुपर्ने कूल तलब भत्ता खर्चको 3% रकम खर्च गर्नुपर्ने ब्यबस्था 2077/78 को लागी अनिवार्य नहूने।
असर: कोरोनाको बेलामा तालिम खर्च हुन मुस्किल हुने अबस्थालाई सहजता प्रदान गर्दा बैकिङको मुनाफामा सकारात्मक असर पर्ने।
6. आ.ब.2077/78 को लाभांश वितरण गर्दा खुद बितरणयोग्य मुनाफाको 30% वा 2078 असार मसान्तमा कायम निक्षेपको भारित औसतदरको प्रतिशत भन्दा बढि नहूने गरि बितरण गर्न सकिने। यस्तो वितरण योग्य मुनाफा 5% भन्दा कम भएमा कर प्रयोजनको लागी बाहेक नगद लाभांश वितरण गर्न नपाउने।
असर: बैकिङ को लाभांश नगदको साटो बोनस शेयरको रुपमा निर्णय हुने। गत बर्ष कै व्यबस्था कायम रहेको।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्