×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अदालतको अर्को आदेश नआएसम्म सामाजिक सुरक्षा कोषमा नजाने बैंकर्स संघको निर्णय

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अदालतको अर्को आदेश नआएसम्म सामाजिक सुरक्षा कोषमा नजाने बैंकर्स संघको निर्णय

१ श्रावण २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल बैंकर्स संघले सर्वोच्च अदालतको अर्को आदेश नआएसम्म सामाजिक सुरक्षा कोषमा नजाने निर्णय गरेको छ । संघको बिहिबार बसेको लिगल कमिटिको बैठकले यस्तो निर्णय गरेको हो ।
अदालतमा विचाराधीन रहेको मुद्दा हेर्ने मिति सरेकोले सो मितिमा अर्को आदेश नआउँदासम्म कोषमा दर्ता हुन नजाने निर्णय गरिएको हो । बैठकमा १२ वटा बैंकका लिगल हेडहरुको उपस्थिति थियो । कोषविरुद्द अदालतमा दायर भएको मुद्दामा हिजो बिहिबार न्यायधीश तेज बहादुर केसी र शुष्मालता माथेमाको संयुक्त इजलाशमा पेशी तोकिएको थियो । तर उक्त रिट हेर्न नभ्याईने भन्दै साउन ५ गतेको लागि अर्को मिति तोकिएको छ ।
कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सर्वोच्चमा रिट दयार गरेका हुन् । बैंक तथा वित्तीय संस्थाका कर्मचारी युनियनका अध्यक्षहरु र कर्मचारीहरुसमेत गरि ६५ जनाले संयुक्त रुपमा रिट दायर गरेका थिए । कर्मचारीहरुले आफ्नो माग सम्बोधन नभएकाले कोषबिरुद्द अदालत गएका हुन् ।
रिटमा सामाजिक सुरक्षा कोषले बैंकर्स संघलाई लेखेको पत्र, कोषमा आउँनको लागि बाध्य पार्ने गरि कोषले जारी गरेको सूचना, बदर गर्नलगायतका लागि आदेश दिन माग गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: