×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उधारोमा बीमा गर्नेलाई कारवाही गर्ने बीमा समितिको चेतावनी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उधारोमा बीमा गर्नेलाई कारवाही गर्ने बीमा समितिको चेतावनी

११ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बीमा समितिले उधारोमा बीमा गर्ने/ गराउनेलाई कारवाही गर्ने चेतावनी दिएको छ । समितिले आज एक सूचनामार्फत इजाजत प्राप्त सबै बीमा कम्पनीहरुलाई ऐन विपरित उधारोमा बीमा गर्ने वा गराउनेहरुलाई कानुन बमोजिक कारवाही गर्ने चेतावनी दिएको हो ।
समितिले बीमा ऐन २०४९ को दफ २७ विपरित उधारो बीमा गर्ने वा बीमाशुल्क वापतको रकम बीमकको बैंक खातामा प्राप्त नभइकन बीमालेख जारी गर्ने कार्य नगर्न/ नगराउन बीमा कम्पनीहरुलाई निर्देशनसमेत दिएको छ ।
बीमा ऐन २०४९ को दफा २७ मा ‘कुनै पनि बीमकले कुनै पनि किसिमको बीमा व्यवसाय गर्दा लिइने बीमा वापतको शुल्क रकम प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुदैन । बीमकले जोखिम ग्राहक गरे वापत बीमाशुल्क रकम प्राप्त गरेपछि मात्र बीमा गरेको मानिने छ’ भन्ने व्यवस्था उल्लेख छ ।
सोहि अनुसार समितिले बीमाशुल्क रकम सम्बन्धित बीमा कम्पनीको बैंक खातामा आएपछि मात्रै बीमालेख जारी गर्न निर्देशन दिएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: