
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ज्योति विकास बैंकको १५ लाख इकाई बोन्डमा आवेदन दिने आज बुधबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म कम्पनीको उक्त बोन्डमा आवेदन दिन सकिनेछ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई बोन्ड वार्षिक ९% ब्याजदरमा बिक्री खुला गरेको हो । २०८७ मा परिपक्क हुने गरी ज्योतिले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गरेको हो ।
बैंकले १५ लाख इकाईमध्ये ६ लाख इकाईमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी ९ लाख इकाईआफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई बिक्री गर्नेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँको दरले आवेदन दिन सकिनेछ । बोन्ड जारी गर्न ज्योतिले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्