×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर महानगरपालिकाको साढे ५ अर्बको बजेट पारित, वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन

GLOBAL IME BANK
SHREE KESH

ललितपुर महानगरपालिकाको साढे ५ अर्बको बजेट पारित, वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्वाददाता

ललितपुर । ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७८/ ७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित भएको छ ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनका अनुसार महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको हो । विनियोजित बजेटमध्ये चालू खर्चतर्फ ९१ करोड ६१ लाख ५७ हजार र पूँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ । पूर्वाधार र मूर्त तथा अमूर्त सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेको प्रमुख महर्जनले बताए ।

तीन भागमा वडालाई वर्गीकरण गरेर बजेट विनियोजन

महानगरपालिकाले वडालाई तीन भागमा वर्गीकरण गरेर बजेट विनियोजन गरेको छ । १३ वटा वडालाई सबैभन्दा बढी तीन करोड २५ लाख, आठ वटा वडालाई दुई करोड ५० लाख र सातवटा वडालाई दुई करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी महानगरपालिकाले चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड र कोभिड विशेष कार्यक्रमका लागि पाँच करोड रुपैयाँ छुट्याएको प्रमुख महर्जनले जानकारी दिए । रासस

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: