×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सिबिआईएल क्यापिटलको आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिम्याट खाता नविकरणको शुल्क बुझाउन सिबिआईएल क्यापिटलको आग्रह

२८ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना सेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । सिबिआईएल क्यापिटल लिमिटेडमार्फत डिम्याट खाता खोलेका सम्पूर्ण हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७/७८ सम्मको डिम्याट खाता सञ्चालन गरे बापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको हो । 
प्रत्येक आर्थिक वर्ष १०० का दरले भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार २०७८ असार मसान्तभित्र उक्त शुल्क बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा वार्षिक शुल्क भुक्तानी नगरेमा डिम्याट खाता रोक्का गर्ने कम्पनीले जनाएको छ । हितग्राहीहरुले सिबिआईएल क्यापिटल लिमिटेडको नाममा रहेको सिटिजन्स बैंकको डिल्लीबजार शाखामा रहेको बैंक खातामा (खाता नम्बर ०४८०१००००००५३३०१) भुक्तानी गर्न सक्नेछन् । 
उक्त भौचरको फोटो [email protected] मा पठाउनुपर्नेछ । मेरो सेयर सेवा लिएका हितग्राहीहरुले सो सेवा सञ्चालनमा आएको एक वर्षको अवधिभित्र नविकरण गरी सक्नुपर्ने र सो समयवधिभित्र नविकरण नभएमा उक्त सेवा बन्द हुने समेत क्यापिटलले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: