×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तुलसीराम गौतमले यसकारण छोडे सेञ्चुरी बैंकको सीइओको कुर्सी, ‘बोर्डको दबाबले सिमा नाघ्न लागेको थियो…’

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले आफु निकटका उच्च तहका कर्मचारीहरुलाई बोलाएर आफुले बैंक छोड्ने रणनीति बनाएको कुरा गत पुसमै बताएका थिए । बैंकको बोर्डले आफुलाई नचाहिने कुरामा बढी प्रेसर दिएको भन्दै उनले अव बैंकमा आफु लामो समय नबस्ने बताईरहेका थिए । पुस आसपासमा बसेको एउटा बोर्ड बैठकपछी त उनले लगभग अव बैंक छोड्नुपर्छ भन्ने रणनीति बनाएको कुरा अलि धेरैलाई थाहा भईसकेको थियो । तर उनले बैंक छोडीहाल्ने निर्णय भने विविध कारणले गरिहाल्न सकेका थिएनन् । बैंकको बोर्डसँगको उनको गुनासो सुन्ने उनका निकटका कर्मचारीहरुको शंका थियो, ‘अव धेरै समय गौतम सेञ्चुरीमा रहँदैनन्। तर कहिले भन्ने प्रश्न अनुत्तरित थियो ।
असारको पहिलो सातादेखि नै बैंकका उच्च अधिकारीहरुलाई उनले ‘सायद यहि महिना नै बैंकमा आफ्नो अन्तिम महिना हुनसक्छ’ भनेर कहिलेकाहीं बताउँथे उनी । नभन्दै असार २० गते उनले बैंकका उच्च तहका कर्मचारीहरुलाई बोलाएर भने, ‘मैले बैंकबाट राजिनमा दिएँ । अव तपाईंहरुले राम्रो गर्नुहोला ।’
नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि गौतम माछापुच्छ्रे बैंकको सीईओ थिए । माछापुच्छ्रे आउनु अघि गौतम नेपाल एसबिआइका प्रमुख क्रेडिट अफिसर थिए । अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका गौतमले ३३ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका थिए।

किन बैंक छोड्ने निर्णयमा पुगे गौतम ?

२०७५ साल बैशाख १९ गतेदेखि बैंकको सीईओ पदमा रहेका उनीसँग बैंकिङको लामो अनुभव छ । निकै इन्टेग्रिटी भएका सीइओका रुपमा परिचित गौतमले सेञ्चुरीमा कार्यकाल पूरा गर्दैनन् भन्ने विश्लेषण अर्थ सरोकारले २०७५ साल बैशाख १९ गते बेलुकानै विश्लेषणसहितको समाचार प्रकाशन गरेको थियो । नभन्दै भयो त्यस्तै । र उनले आफ्नो कार्यकाल पूरा गर्न नसक्नुको मुख्य कारण थियो बोर्डको अनावश्यक प्रेसर ।
सेयर बजारले बुलको यात्रा गरिरहेका बेला कतिपय संचालकले ‘फलानो’ सेयर किन भनेर नाम नै तोकेर दिन थालिसकेका थिए । कोभिडका समयमा र त्यसमा पनि सेञ्चुरीजस्तो कमजोर संस्थामा सीइओका लागि दिइएको टार्गेट अस्वाभाविक थियो । संचालक समितिले हुने काम भन्दा बढी नहुने काम लगाउने गरेको गुनासो उनले आफु निकटका कर्मचारीसँग राख्ने गरेका थिए । उनले अझै अगाडी नै बैंक छोड्ने थिए होलान्, तर उनलाई बैंकका डेपुटी सीइओ मनोज न्यौपाने लगायतले मिठो साथ दिएका थिए । जसका कारण उनी यति समय यो बैंकमा टिके ।
‘सीइओले बैंक चलाउने भन्दा पनि केहि संचालकहरुले सीइओ चलाउन थालिसकेका थिए। ‘ बैंक स्रोतले भन्यो, ‘बोर्डको दबाबले सिमा नै नाघ्न थालिसकेको थियो । त्यसैले सीइओले काम गर्न अफ्ट्यारो मानिरहनुभएको थियो । अव यस्तो वातावरणमा काम गर्न सकिंदैन भन्ने गुनासो उहाँको धेरै अघि थियो । आइतबार बोलाएर उहाँले औपचारिक रुपमा आफुले राजिनमा दिएको बताउनुभयो ।’
बोर्डको प्रेसर यतिसम्म थियो कि जेष्ट नागरिकको दर्जामा पुग्न लागिसकेका सीइओ गौतमको ब्लड प्रेसरसमेत ‘हाइ’ भईसकेको चर्चा बैंकमा थियो । ‘गौतम सर नहुने काम गर्न नखोज्ने, बोर्ड हुने काम नै गर्न नलगाउने । यहि लुकामारीबीच थुप्रै समय वित्यो। अन्तत: गौतम सरले राजिनामा दिनुभयो। ‘ गौतम निकट स्रोतले अर्थ सरोकारलाई भन्यो ।

अव को बन्छ सीइओ ?

सेञ्चुरी कमर्सियल बैंकले मनोज न्यौपानेलाई कामु सीइओ दिने पक्कापक्की भईसकेको छ । सीइओचाहिं मनोज न्यौपानेलाई बनाउने कि बाहिरबाट ल्याउने भन्ने विषयमा छलफल भईरहेको छ । सेन्चुरी कमर्सियल बैंकमा जो सीइओ आएपनि बोर्ड उही भएकाले काम गर्ने खासै वातावरण नभएकाले बाहिरको सीइओ ल्याउनु खासै ठिक काम नभएको तर्क जानकारहरुको छ । यद्यपी हाल नेको इन्स्योरेन्समा काम गरिरहेका अशोक खड्कालाई सीइओ बनाएर ल्याउने र मनोज न्यौपानेलाई डेपुटी नै बनाउनेगरीसमेत छलफल अगाडी बढेको एक संचालकले अर्थ सरोकारलाई जानकारी दिएका छन् । तर अशोक खड्काले भने आफु सेन्चुरीमा जाने चर्चा हल्लामात्र भएको र यसमा कुनै यथार्थता नरहेको दाबी गरेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: