×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

को बन्छ सेञ्चुरी कमर्सियल बैंकको नयाँ सीइओ ? विकल्पमा मनोज न्यौपाने, प्राथमिकतामा को ?

LAXMI SUNRISE BANK
GLOBAL

को बन्छ सेञ्चुरी कमर्सियल बैंकको नयाँ सीइओ ? विकल्पमा मनोज न्यौपाने, प्राथमिकतामा को ?

२१ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

 

 

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट तुलसीराम गौतमलेले राजिनामा दिएपछि अवको सीइओ को बन्छ भन्ने चर्चा चौतर्फी छ । संचालक समितिका अधिकांस सदस्यहरु आफुले जे भने पनि मान्ने ‘एस म्यान’को खोजीमा छन् भने अहिलेको अवस्थामा राम्रा मान्छे सेञ्चुरीको सीइओ हुन चाहाने अवस्था छैन । एक त कमजोर संस्था, त्यसमाथि पनि सार्है ठुलो विवादको भुमरी र त्यसमा पनि बैंकमा बोर्डको अनावश्यक हस्तक्षेप हुन्छ भन्ने थाहा पाएकाहरु सेञ्चुरीमा इन्ट्रेष्ट राख्दैनन्  । तर पनि सीइओ त चाहियो ! बैंकले केहि व्यक्तिहरुसँग  बैंकको सीइओका लागि कुराकानी गरिसकेको छ र उनीहरु नआएको खण्डमा वा आउन नमानेको खण्डमा बैंकका डेपुटी सीइओ मनोज न्यौपानेलाई सीइओ बनाउने तरखर गरेको छ ।
विकल्पमा न्यौपाने ! विकल्पमा को ?
सेञ्चुरी बैंकका एक संचालकले अर्थ सरोकारलाई दिएको जानकारी अनुसार बैंकमा अवको सीइओका रुपमा हाल नेको इन्स्योरेन्समा काम गरिरहेका अशोक खड्काको नाम अगाडी सारिएको छ ।’उहाँसँग कुराकानीसमेत भईसकेको छ  । उहाँले केहि समय माग्नुभएको छ  । उहाँले मान्नुभएको खण्डमा अवको बैंकको सीइओ उहाँ नै हो । उहाँ आउनुभएन भने मनोजलाई नै सीइओ बनाउनुपर्ला । ‘ खड्का नेकोमा सीइओ छन् ।
तर यता खड्काले भने आफुले सेन्चुरीको सीइओ बन्ने कुरा सपनामा पनि नसोचेको दाबी गरेका छन्  । ‘त्यस्तो डुब्न लागेको बैंकमा को जान्छ ?’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘त्यस्तो बैंकमा सीइओ हुने मेरो कुनै इन्ट्रेष्ट छैन । तपाईंलाई जो संचालकले यस्तो खबर गर्यो, त्यो संचालक बेवकुफ रहेछ । त्यस्तो संचालकलाई बैंकमा राखिनुहुन्न ।’ खड्काले भने । उनले केहि रिसाउँदै भने-‘म हिजो राती १२ बजेसम्म नेको इन्स्योरेन्सको मिटिङमा थिएँ । विहान उठ्नेबित्तिकै यस्तो खबर मैले पनि सुनेपछि म छक्क परें ।’
ती संचालकले दिएको जानकारी अनुसार अहिले बैंकलाई राम्रो मान्छे भन्दा पनि बोर्डले भनेको खुरुखुरु मान्ने सीइओ चाहिएको छ । ‘मनोजलाई नै सीइओ दिने कुरा पनि भएको हो  । तर मनोजले बोर्डले भने अनुसारको काम सबै गर्छ भन्ने कुरामा द्विविधा छ।  बोर्डलाई अहिले इथिक्स, कानुन, हेर्ने भन्दा पनि बोर्डले भनेको काम गर्ने व्यक्ति चाहिएको छ। सिधा भन्दा बोर्डलाई एसम्यान चाहिएको छ।  मनोज एसम्यान बन्न सक्दैन भन्ने धेरैको बुझाई छ।  त्यसैले बोर्ड एसम्यानको खोजीमा छ ।
बोर्ड सीइओ नगन्ने, सीइओ बोर्डले भनेको नमान्ने हुँदा बर्षौंदेखि किचलो !
बैंकमा लामो समयदेखि सीइओ र बोर्डबीच अनेक किचलो देखिन्छ । यसअघि सीइओ भएकाहरुले पनि बोर्डको किचकिच सहन नसकेर बैंकबाट राजिनामा दिएका थिए  । गौतमको हकमा पनि त्यस्तै भयो । ‘जो सीइओ आए पनि टिक्ने भएनन्।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक संचालकले भने,  ‘अवको सीइओ जो आएपनि तिनको कार्यकाल पूराचाहिं हुँदैन।  एक त बैंक नै कतै मर्जरमा गएको खण्डमा कार्यकाल पूरा हुँदैन, त्यसो नभए त झन् बोर्डको प्रेसर यस्तै हो, कसले यसरी काम गर्न सक्छ र ?’
https://arthasarokar.com/2021/07/Ashok-Khadka-7.html
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी