
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयरमा आवेदन दिने आज शुक्रबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म उक्त सेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले कोषको १ लाख कित्ता संस्थापक सेयर लिलामीमा खुला गरेको थियो । यसमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरुले न्यूनतम भाउ १२ सय रुपैयाँ तोकेर आवेदन दिन सक्नेछन् ।
सेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ । यसमा असार १८ गतेसम्म बोलपत्र पेश गर्न पाइनेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौं र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालय नक्साल काठमाडौंबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्