×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो ५ लाख ६९ हजार रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर, कपिलवस्तु शाखाले मृत्यु बीमा दाबी हस्तान्तरण गरेको छ । कम्पनीले बीमितिको घरमै पुगेर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । ८ महिना अगाडि कम्पनीको जीतपुर शाखाबाट ५ लाख बिमाङ्कको डबल सुरक्षा योजना बीमालेख लिएका बाणगंगा ०४ कपिलवस्तुका नेत्रमणी बराललाई कम्पनीले ५ लाख ६९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
मृतकको श्रीमती भूमिकाला बरालाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो । स्वर्गीय बरालको प्रिमियम बापत ५० हजार ३७३ रुपैयाँ प्रथम बीमा शुल्क बुझाएका थिए । कार्यक्रममा क्षेत्रीय शाखा प्रबन्धक जितपुर एरिया लक्ष्मण मरासिनीले कम्पनी र जीवन बीमाको महत्त्व बारे प्रकाश पार्नुका साथै मृतक परिवारले दुई गुणा बिमाङ्क अन्तर्गत थप एक गुणा ५ लाख बीमा रकम बीमा समाप्ति अवधिमा सोही परिवारलाई फेरि भुक्तानी दिने जानकारी गराए ।
कार्यक्रममा ब्रान्च अफिस एसोसिएट सागर बन्जाडे, एजेन्सी म्यानेजर मधु भुसाल, जमुना सापकोटा, रितु खरेल, जानुका भुसाल, कला आचार्यलगायतको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: