×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मनायो १५औं बार्षिकोत्सव, बम्पर उपहार बिजेतालाई १० लाख बराबरको चेक हस्तान्तरण

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १४ वसन्त पार गरी १५औं बर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ १५औं बार्षिकोत्सव अहिलेको बिषम परिस्थिती लाई मध्यनजर गर्दै आफ्नै कार्यालय सिटी एक्स्प्रेस कम्प्लेक्स कमलादीमा सानो समारोहबीच सम्पन्न गरेको हो । उक्त समारोहमा ‘न एती न उति सिधै लखपति’ योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।
साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनिय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: