काठमाडौं । सिभिल बैंक लिमिटेडले कोभिड-१९ प्रभावित विपन्न समुदायको लागि मानवीय सहयोग कार्यक्रम सरोकारवालाहरु हेल्भेटास नेपाल, क्षिरेश्वरनाथ नगरपालिका र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालसंग आज एक कार्यक्रमबिच सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । कोभिड-१९ को पहिलो लहरले स्वास्थ्य तथा आर्थिक रुपमा कठिनाई भोगिरहेका डोम, चमार र मुसहर जस्ता विपन्न समुदाय पुनस्र्थापित र तङ्ग्रीन लागि रहेको अवस्थामा पुनः दोश्रो लहरले थप कष्टकर बनायो ।
कोभिड-१९ ले कतिपय जनस्वास्थ्यमा प्रत्यक्ष असर गर्नुको साथसाथै दैनिक ज्याला मजदुरी गरी घर खर्च चलाउनु पर्ने समुदायलाई आधारभूत सेवा सुविधाहरुको पहुँचमा समेत कमी हुन आएको छ । त्यसले पारेको प्रभावलाई न्यूनीकरण गर्ने अभिप्रायबाट हेल्भेटास नेपाल र स्वीस सोलिडारिटीले कोभिडबाट प्रभावित क्षिरेस्वरनाथ नगरपालिकाका अति विपन्न समुदाय (मुसहर, चमार र डोम)का आधारभूत आवश्यकतालाई सम्बोधन गर्नका लागि र तिनै विपन्न घरपरिवारको जीविकोपार्जनमा तत्काल टेवा पुर्याउने उद्देश्यले क्षिरेश्वरनाथ नगरपालिकामा छनौट भएका १२५० घरधुरीलाई जिविकोपार्जनमा तत्कालका समस्या सम्बोधन गर्नका लागि अनुदान सहयोग प्रति घरधुरी रकम २० हजार का दरले भुक्तानी गर्ने कार्यमा संलग्न रहनेछ ।
सिभिल बैंकले छनौट भएका लाभान्वित परिवारहरु खास गरी महिला सदस्यहरुको लागि उनीहरुको घरदैलो मै गई सहज रुपमा व्यक्तिगत बैंक खाता खोल्न सहयोग गरी नगद रकम हस्तान्तरण गर्ने व्यवस्था मिलाउनेछ । साथै बैंकले उक्त समुदायमा बैंकिङ प्रणाली तथा वित्तीय साक्षरता सम्वन्धित अभियान पनि संचालन गरिने बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्