×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंकको सीईओमा सुनिल कुमार पोखरेल

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ असार २०७८, शनिबार

PRIME CA
laxmi sunrise bank

सिभिल बैंकको सीईओमा सुनिल कुमार पोखरेल

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिभिल बैंक लिमिटेडको  प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल कुमार पोखरेल नियुक्त भएका छन् । जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिल कुमार पोखरेललाई असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षको लागी  नियुक्त गरेको थियो । उनी बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए । 
उनले स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंकमा काम गरेको अनुभव छ । नेपालभित्र २४ वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष)मा ६ वर्षसमेत गरी कुल तीन दशक लामो बैकिङ अनुभव रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: