Skip to content
LAXMI SUNRISE BANK

सिभिल लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा रुपन्देहीको देवदहमा, कुल ६३ वटा शाखामार्फत सेवा दिँदै

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले रुपन्देही जिल्लाको देवदहमा थप नयाँ शाखा कार्यालय स्थापना गरेको छ । नयाँ शाखा कार्यालयसहित कम्पनीले २९ जिल्लामा ६३ वटा शाखा कार्यालयहरुमार्फत लघुवित्तीय सेवाहरु दिनेछ ।
‘समृद्धिको सहयात्री’ नारा लिई संस्थाले विपन्न वर्गका समुदायहरुको समृद्धिमा टेवा पु¥याउने उद्धेश्यका साथ आफ्नो सेवाहरु ५० हजार घर परिवारमा पु-याएको छ । वित्तीय संस्थाले लघु उद्यम व्यवसाय सञ्चालन गराउन न्यून आय तथा विपन्नवर्गका व्यक्तिहरुलाई संस्थाको सदस्यता दिई विना धितो सामूहिक जमानीमा वा स्वीकारयोग्य धितोमा साथै समूहमा आवद्ध हुन नसकेका व्यक्तिहरुलाई समेत स्वीकार योग्य धितो लिई सरल तरीकाबाट वित्तीय पहँुच पु¥याउदै आइरहेको छ ।
साथै संस्थाले लघु बचत, लघुबीमा, विप्रेषण सेवाहरु उपलब्ध गराउदै स्वास्थ्य, शिक्षा तथा वित्तीय साक्षरता जस्ता गैर वित्तीय सेवाहरु समेत उपलव्ध गराउदै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK