×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्लब हाउसमा चर्काचर्की : एनआइसीएल बुम-बुम भन्दा ‘डुङ-डुङ’ उफ्रिएको बहस के थियो ? (हेर्नुहोस् भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

क्लब हाउसमा चर्काचर्की : एनआइसीएल बुम-बुम भन्दा ‘डुङ-डुङ’ उफ्रिएको बहस के थियो ? (हेर्नुहोस् भिडियो)

५ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

पूराना लगानीकर्ता दिपेन्द्र अग्रवालसहित क्लब हाउसमा केहिले सेयर बजार सम्बन्धि बहस चलाए । ‘प्रिमियम एलाईट सेयर ग्रुप’ नाम दिइएको उक्त क्लबमा लेखिएको थियो ‘एनआइसीएल बुम-बुम’ यो क्लबमा भईरहेको बहस देखेपछि सिए बिबेक पौडेलले फेसबुकमा सो ग्रुपको स्क्रिनशटसहित क्लब हाउसमा स्क्रिप्टको नाम नै तोकेर बहस भईरहेको भन्दै स्ट्याटस लेखे ।

सो स्क्रिनशट पौडेलले विभिन्न ग्रुपमा सेयर गरिदिए । विभिन्न माध्यमबाट पौडेलको सो स्ट्याटस  अग्रवालसम्म पुग्यो । आफूकहाँ पौडेलले लेखेको कुरा आउनेबित्तिकै अग्रवालले ग्रुपमा यस विषयमा बहस सुरु गरिहाले । उनले बहसमा एउटा लगानीकर्ताले अर्को लगानीकर्ताको खेदो खनेर कसैको भलो नहुने तर्क दिंदै थिए । उनले पौडेलले गरेको कामको चर्को विरोध मात्र गरेनन्, यसरी एकले अर्कोलाई खेदो खनेर समग्र लगानीकर्ताको अहित हुनेसमेत बताईरहेका थिए । बहस भईनै रहेको थियो, बिबेक पौडेल सोहि ग्रुपमा देखा परे । उनी ग्रुपमा देखा परेपछि अग्रवालले नै उनलाई स्पिकरमा ताने र यसबारेमा बोल्न भनियो ।

उनलाई स्पिकरका रुपमा ल्याइयो । यहि बीचमा अग्रवालले उनको स्ट्याटसको निरन्तर विरोध गरिरहे । स्पिकरमा ल्याएर पनि बोल्न नदिएपछि पौडेल जंगिदै बोल्न थाले- ‘कति आफु मात्र भुकेको ?’ उनको यो भुकेको भन्ने शब्द बाहिरिएपछि झन् आगो भयो सो बहस । पौडेलको बोलीबारे अग्रवालले तुरुन्त प्रतिवाद गरे । त्यसपछि झन् चर्कियो बहस । त्यसपछि एकले अर्कोलाई आरोप- प्रत्यारोप गर्ने काम भयो । अग्रवालले पौडेलले चलाएको ग्रुपमा बोलेको कुरा पौडेलले उठाएभने दीपेन्द्र अग्रवाल झन्-झन् जंगीदै गए ।

त्यसपछि बहसमा कसले के के भन्यो अर्थ सरोकारले सो बहसको अडियो रेकर्ड यहाँ प्रस्तुत गरेको छ ।

अझ बहसमा अर्को चर्काचर्की सुरु भयो, जव कसैले नवराज दाहाललाई स्पिकरबाट नै हटाइदिए । उनले आफुलाई स्पिकरबाट हटाउने को हो ? त्यो चाहिं भुक्ने कुकुर नै हो भन्न थालेपछि माहोल झन् तातेको थियो । त्यसपछी सबैलाई रोकेर पौडेललाई बोल्न दिइयो । उनले आफुले बोलेको शब्दको स्पष्टीकरणसमेत दिए भने अग्रवालको प्रवृतिमाथि प्रश्न पनि उठाए । जवाफमा अग्रवालले आफु नियामकसँग समेत लडेको व्यक्ति भएकाले यस्तो प्रवृतिविरुद्ध आफु लडिरहने बताए ।

केहि समय अघि नेपाल धितोपत्र बोर्डले स्क्रिप्ट नै तोकेर बहस भएकोबारे ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । अर्थ सरोकारले निर्मल प्रधानसँग गरेको एक अन्तवार्ताका क्रममा स्क्रिप्टको नाम उल्लेख भएको भन्दै बोर्डले त्यस्तो काम नगर्न भन्दै सचेत गराएको थियो । र पौडेलले यहि कुरा इंकित गर्दै आफ्नो धारणा राखेका थिए ।तर पौडेलले लगानीकर्ता भएर अरु लगानीकर्ताको खेदो खनेको भन्दै क्लब हाउसमा चर्किएपछि बहस झन् चर्किएको थियो ।

क्लब हाउसमा चल्ने यस्तो बहसबारे आजकल धितोपत्र बोर्डमासमेत छलफल हुन थालेको छ । तर ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेर विवादित बनेको धितोपत्र बोर्ड अव यस्ता कुरामा खासै नबोल्ने कि भन्ने लाइनमा छ । यद्यपी धितोपत्र बोर्डलाई पनि यस्तो कुराहरुमा बोल्नुपर्ने दबाब भने बढेको छ । अझ रमाइलो कुरा त के छ भने लगानीकर्ताहरुको यस्तो चर्काचर्की सुन्ने व्यक्तिहरुमा धितोपत्र बोर्डकै कर्मचारीसमेत थिए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: