×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दराज सहयात्री कार्यक्रम पुन : सुरु, सानो र मध्यम आकारको उद्यमहरूको रिकभरीलाई थप सहयोग

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार, दराजलेआफ्नो सफल सहयात्री काययक्रम पुनः सुरु गर्ने घोषणा गरेको छ । साना र मध्यम आकारका उद्यमहरूलाई (एसएमई) समर्थन गर्न सुरु गरिएको दराजको सहयात्री काययक्रममा गत वर्ष सुरु गरिएको थियो । कार्यक्रम अन्तर्गत, दराजले चार महिनाको कमिसन शुल्क हटाई विक्रेताहरुलाई देश भरिका ७ लाख भन्दा बढी ग्राहकहरुसम्म निशुल्क पहुँच प्रदान गरी ८००० भन्दा बढी एसएमईहरुलाई आफ्नो व्यवसाय दराजमा लर्ता गर्न मद्दत गरेको थियो ।
कम्पनीको भनाइ अनुसार, दराज सहयात्री कार्यक्रमको मुख्य उद्देश्य साना र मध्यम आकारका उद्यमहरूलाई शुल्क माफी, व्यापक अनलाइन प्रशिक्षण, साप्ताहिक भुक्तान चक्र र थप वित्तीय कार्यक्रमहरूको माध्यमबाट छिटो पुन, प्राप्ति गर्न सहयोग गर्नु हो । यसबाहेक यस कार्यक्रममार्फत पहिलो पटक अनलाइनमा सरेका नयाँ व्यवसायहरूले अब आउने तीन महिना दराज दशैं धमाका अभियानसम्म निःशुल्क रुपमा आफ्नो उत्पादन दराजमा बेच्न सक्नेछन् । यसपाली दराज सहयात्री कार्यक्रम थप नयाँ पहलहरूको साथमा सुरू गररएको छ जसमा सेलर प्रमिस २०२१ समावेश छ ।
दराज सहयात्री कार्यक्रम र सेलर प्रथमस २०२१ को मुख्य विशेषताहरू निम्न समावेश गररएको छः
  • आउने तीन महिनाको लागि पहिलो पटक अनलाइन बेच्न एसएमईहरूको लागि कुनै बजार शुल्क लागु नहुने
  • विक्रेताहरुलाई १४ थदन नभई ७ दिन भित्र भुक्तानि गरिने
  • नबिल बैंकको सहयोगमा व्यवसायहरूले विशेष एसएमई वित्त पोषण पाउने
  • द्रुत साइन-अप प्रक्रियाले नयाँ विक्रेताहरूलाई २४ घण्टा भित्रै अनलाइन जान सक्षम
  • विक्रेता क्वेरीहरू ३० सेकेन्डको अवथिमा प्रत्यक्ष लाइभ कुराकानी मार्फत उत्तर दिईने
  • विक्रेताहरूले दराज विश्वविद्यालयको माध्यममार्फत विस्तृत इ-कमर्स प्रशिक्षण र शिक्षा पहलहरू पाउने
‘घरेलु अर्थव्यवस्था, विशेष गरी साना र मझौला आकारका व्यवसायहरूलाई महामारी र पछिल्लो लकडाउनले कठोर पारेको छ । दराजको विक्रेताहरु फस्टाए बापत हाम्रो देशभर १० लाख बढी ग्राहकहरु फस्टाउनेछन् । तसर्थ, हाम्रो मुख्य उद्देश्यहरू मध्ये एक हाम्रो १०००ं विक्रेतालाई प्लेटफर्ममा छिटो पुनः प्राप्ति गर्न मद्दत गर्ने र थप व्यवसायहरूलाई कुनै जोखिम बिना अनलाइन बेच्ने अवसर दिने हो । हाम्रो सहयात्री कार्यक्रम र सेलर प्रमिस २०२१ ले छिटो भुक्तानको, अनुकूलित अनबोर्डिंग, कम शुल्क, थप प्रशिक्षण र विशेष वित्तीय विकल्पहरूले व्यवसायहरूलाई ट्र्याकका फर्काउन निकैनै सहयोग पुर्याउनेछ’ दराज नेपालका प्रबन्ध निर्देशक लिनो अलरिंगले भने ।
अलीबाबा समूहको स्वाथमत्वमा रहेको, दराज , पाथकस्तान, बंगलादेश, श्रीलंका, नेपाल, र म्यानमारमा अग्रणी अनलाइन शपिंग प्लेटफर्म हो । डिजिटल युगमा व्यापार गर्न सजिलो बनाउन दराजको एसएमई केन्द्रित पहलहरु अन्य मिसनहरु मध्येको एक हिस्सा हो । दराज नेपालले १०,००० भन्दा बढी विक्रेताहरूद्वारा इलेक्ट्रोनिक्स, फेसन, ग्रोसरीबाट घरेलु उत्पादनहरूमा ६ लाख भन्दा बढी उत्पादनहरू उपलब्ध गर्दै आएको छ । र अब दराज अर्को बिक्री अभियान माहा बचत बजारको लागि तयारी गर्दैछ । दराज सहयात्री कार्यक्रमको बारे थप जानकारी पाउन तल दिएको लिंकमा क्लिक गर्न सक्नेछन् ।
https://www.daraz.com.np/sell-on-daraz/
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: