- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले श्रावन ३ गते देखि दराज महाबचत बजार सुरु गर्ने घोषणा गरेको छ । यस अभियानको मुख्य उद्देश्य ग्राहकहरुका लागि बचत प्रवर्धन गर्नु हो । अभियानको मुख्य हाइलाइटहरू भने ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई-पे मार्फत अनलाइन प्री-पेमेन्टमा २ हजारसम्मको छुट, १ मा आईफोन १२ जित्ने मौका, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभारी, निःशुल्क भौउचर साथै थुप्रै अरु पुरस्कार जित्ने मौका रहेको छ।
यस अभियानको लागि, नाबिल बैंक, सानिमा बैंक, माछापुच्छे बैंक र एनएमबी बैंकका कार्डधारकहरूले प्री-पेमेन्टमा आकर्षक छुटको मजा लिन सक्नेछन् । यी बैंकका डेबिट कार्डवाहकहरूले १५ प्रतिशत (१५ सयसम्म)को छुट पाउनेछन् । साथै डिट कार्ड वाहकहरूले कार्ड प्री-पेमेन्टमा २० प्रतिशत (२ हजारसम्म) छुट पाउनेछन् । यो अफर सिमित समयको लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसैगरि ग्राहकहरुले आफ्नो आईएमई-पे खाता मार्फत प्री-पेमेन्ट गरेर मूल्य अजै कम गर्न पनि सक्नेछन् । ईएमई-पे मार्फत भुक्तानी गरे ग्राहकहरूले आफ्नो सबै खरीदहरूमा २० प्रतिशत (१ हजारसम्म) छुट पाउन सक्नेछन् । यसबाहेक पहिलो पटक भिसा कार्ड मार्फत भुक्तानी गर्ने दराज ग्राहकहरूले २० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । भिसा डेबिट कार्ड मार्फत प्री-पेमेन्ट गरेमा १५ प्रतिशत (५ सयसम्म) छुट र भिसा क्रेडिट कार्ड मार्फत पूर्व-भुक्तानीमा २० प्रतिशत (५००) छुट पाउन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्