काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, सहाज उर्जा र बुद्धभूमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावरलाई आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।
यस्तै साहस उर्जा लिमिटेडलाई पनि बोर्डले १ अर्व ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर निष्कासनको लागि अनुमति दिएको छ । त्यस मध्ये ३५ करोड स्थानिय बासिन्दालाई र ७० करोड सामुहिक लगानी कोष, कर्माचारी र सर्वसाधारणको लागि छुट्टाएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
उता बुद्धभूमि नेपाल हाइड्रोपावरलाई पनि आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारण लागि गरी कुल १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति दिएको हो । त्यसमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित नुवाकोट जिल्लामा बासिन्दालाई निष्कासन गरिनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिट रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्