×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार, १० Mbps देखि १०० Mbps सम्म उपलब्ध

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

डिशहोम फाइबरनेट सेवा नेपालका प्रमुख शहरहरुमा विस्तार, १० Mbps देखि १०० Mbps सम्म उपलब्ध

२२ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । डिशहोम फाइबरनेट देशबासिहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना म्त्ज् प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध छन् ।
काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा र ईटहरीमा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालमा बर्दिवास, बुटवल, ढल्केबर र शंखमुल पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दै छ । डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: