
काठमाडौं । वल्र्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटीमा स्टार्ट अप हब नेपालका अध्यक्ष डा. शम्भु पोखरेल चयन भएका छन् । सिलिकन भ्यालीमा हेडक्वाटर रहेको सो संस्थाको कार्यसमितिले डा. पोखरेललाई यसै साता स्टेरिङ कमिटिमा राख्ने निर्णय गरेको हो । डा. पोखरेलले स्थापना गरेको स्टार्टअप हब नेपालले स्टार्टअप वल्र्डकपको नेपालको पार्टनरका रुपमा काम गरिरहेको छ ।
नेपाल जस्तो प्रविधिको विकासमा पछि परेको मुलुकबाट समेत स्टार्टअप छनौटगरि सिलिकन भ्यालीमा प्रतिश्पर्धाका लागि अवसर दिलाएका पोखरेललाई विश्वका स्टार्टअप अभियन्ताहरुले समेत प्रशंसा गरेको फोरमका अध्यक्ष समिम आसानले बताएका छन् । डा. पोखरेललाई आफ्नो संस्थाको ग्लोबल स्टेरिङ कमिटिमा चयन गर्दा संस्थाको गतिविधि झनै सघन भएर जाने पनि वल्र्ड सोसल ईन्नोभेसन फोरमले जनाएको छ ।
वल्र्ड सोसल ईन्नोभेसन फोरमको ग्लोबल स्टेरिङ कमिटिमा स्पेस एक्सको फण्ड रेजिङ कम्पनी पिगासस टेक भेन्चरका जेनेरल पार्टनर समिम आसान, सिंगापुरका प्रधानमन्त्रीको स्टार्टअप सल्लाहकार जेम्स टान, दुबईका सामाजिक विकास विभागका चिफ ईन्नोभेसन स्पेसलिष्ट नबिल अल जरुनी, ओमन ईन टेक एसियाकी जेनी रिस्कु लगाएत रहेका छन् । स्टार्टअपको क्षेत्रमा विश्व प्रसिद्ध व्यक्तिहरुको सो कमिटिमा आफु रहन पाउँदा उत्साहित बनेको डा. पोखरेलले बताएका छन् ।
विश्वभर रहेका सोसल ईन्नेभेटरहरुलाई उत्पे्ररित गर्ने अभियानमा लागेको सो फोरमले ईम्प्याक्ट ईन्भेष्टमेन्ट देखि लिएर डिजिटल शिक्षा, स्वास्थ्य तथा स्मार्ट सिटिका अभियानहरु सञ्चालन गरिरहेको छ ।
डा. शम्भु पोखरेलले वल्र्ड ट्रेड गु्रप नेपालका अध्यक्ष हुन भने उनको नेतृत्वमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, स्टार्टअप हब नेपाल, सिईओ क्लब ग्लोबल, फ्रेन्चाईज ग्लोबल, स्टार्टअप हब ग्लोबल, चेन्जोनोमिक्स लगायतका दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् । स्टार्ट अप हब नेपाल नेपालको पहिलो स्टार्टअप ईन्कुवेसन सेन्टर पनि हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्